कृष्णपुर नगरपालिकामा निःशुल्क कर्मकाण्ड तथा जनै बनाउने तालिम सञ्चालन हुँदै

theoutsidenepal.com

कृष्णपुर नगरपालिकामा निःशुल्क कर्मकाण्ड तथा जनै बनाउने तालिम सञ्चालन हुँदै


कञ्चनपुर — कृष्णपुर नगरपालिका ले निःशुल्क कर्मकाण्ड तथा जनै बनाउने तालिम सञ्चालन गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालय, गुलरिया, कञ्चनपुरले सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई तालिममा सहभागी हुन आह्वान गरेको हो।


सूचनाअनुसार, उक्त तालिम स्वासी सेजि धाम परिसरमा सञ्चालन हुने छ। तालिममा सहभागी हुन चाहने उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र २०८३ असोज २८ गतेसम्म कार्यालय समयभित्र रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ।


नगरपालिकाले सीप विकासमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो तालिम सञ्चालन गर्न लागेको जनाएको छ। सम्बन्धित विषयमा थप जानकारीका लागि रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ।


उक्त सूचनामा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टद्वारा हस्ताक्षर गरिएको छ।


प्रतिक्रिया