सम्पत्ति शुद्धीकरण मुद्दा: दीपक भट्ट र सुलभ अग्रवालको हिरासत १२ दिन थप

theoutsidenepal.com


सम्पत्ति शुद्धीकरण मुद्दा: दीपक भट्ट र सुलभ अग्रवालको हिरासत १२ दिन थप



सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानको दायरामा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल लाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालत ले अनुमति दिएको छ।


न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला को संयुक्त इजलासले उक्त निर्णय गरेको हो।


अदालतले यसअघि पनि म्याद थप गर्दै आएकोमा व्यवसायी भट्टका हकमा यो पाँचौँपटक र अग्रवालका हकमा छैटौँपटक अनुसन्धानका लागि म्याद थप गरिएको हो।


सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेकाले दुवै व्यवसायीमाथि थप प्रमाण संकलन र छानबिनको प्रक्रिया अघि बढाइएको जनाइएको छ।


प्रतिक्रिया