टोकियोमा १५ वर्षीय नेपाली विद्यार्थी अमन अधिकारी बेपत्ता, खोजीमा सहयोगको अपिल

theoutsidenepal.com

टोकियोमा १५ वर्षीय नेपाली विद्यार्थी अमन अधिकारी बेपत्ता, खोजीमा सहयोगको अपिल


टोकियो, जापान – जापानको टोकियोस्थित Everest International School मा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय नेपाली विद्यार्थी अमन अधिकारी शुक्रबार साँझदेखि सम्पर्कविहीन भएका छन्।


परिवार र विद्यालय प्रशासनका अनुसार अमन शुक्रबार बिहान करिब ८:२० बजे विद्यालय गएका थिए। नियमित पठनपाठन सकेपछि साँझ करिब ५:१० बजे विद्यालयबाट घर फर्कन निस्किएका थिए। तर त्यसयता उनी न घर पुगेका छन्, न त परिवार, आफन्त वा साथीभाइको सम्पर्कमा आएका छन्।


घटना सार्वजनिक भएसँगै परिवार, विद्यालय प्रशासन तथा NRNA Japan ले खोजी कार्यलाई तीव्र बनाएका छन्। सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई खोजी कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ।


अमन अधिकारीलाई कसैले देख्नुभएको, भेट्नुभएको वा उनीबारे कुनै जानकारी प्राप्त भएको खण्डमा तत्काल नजिकको प्रहरी कार्यालय, परिवार वा विद्यालय प्रशासनलाई जानकारी गराइदिन आग्रह गरिएको छ।


विद्यालय प्रशासनले थप जानकारीका लागि 090-1084-7379 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।


विद्यार्थी हराउनु अत्यन्त संवेदनशील विषय भएकाले यो सूचना सकेसम्म धेरै व्यक्तिसम्म पुर्‍याई खोजी कार्यमा सहयोग गर्न जापानवासी नेपाली समुदायसँग अपिल गरिएको छ।


प्रतिक्रिया