नेकपा (एमाले)का नेता डा. अबुल हुसेन अन्सारी ले भोक्राहा नर्सिङ गाउँपालिकाका अध्यक्षप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्।उनीले आफ्नो स्टाटसमार्फत गाउँपालिकाका अध्यक्षले आफूलाई “टुरिस्ट” भनेकोप्रति आपत्ति जनाउँदै वास्तविकता सार्वजनिक गरेका हुन्।
डा. अन्सारीका अनुसार, गाउँपालिका अध्यक्षले यदि कसैलाई ज्ञानेन्द्र बहादुर कार्की को घर हेर्नु छ भने प्रकाशपुरमा गएर हेर्न सकिने बताएका थिए। त्यसपछि आफू प्रत्यक्ष रूपमा प्रकाशपुर पुगेर घर अवलोकन गरी आएको र त्यसको जानकारी सार्वजनिक गरेको उनले उल्लेख गरेका छन्।उनले लेखेका छन्, “म आज प्रत्यक्ष रूपमा हेर्न गएको थिएँ, जस्ताको त्यस्तै हेरेर जानकारी गराएँ। तर मलाई टुरिस्ट भन्नुहुन्छ। अब तपाईँहरू आफै विचार गर्नुस्—एउटा जनप्रतिनिधिले आफ्नै गाउँपालिकामा आफ्नै नागरिकलाई कसरी टुरिस्ट साबित गर्दै हुनुहुन्छ?”
डा. अन्सारीले आफू गाउँपालिकाकै बासिन्दा भएको प्रमाणित गर्न चाँडै निवेदन दर्ता गरेर आधिकारिक प्रमाणपत्र लिने समेत घोषणा गरेका छन्।यस अभिव्यक्तिपछि स्थानीय राजनीति थप तातेको छ। गाउँपालिकाका अध्यक्षतर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन।