जगदीश कुशियैत नेतृत्वमा सुनसरी–४ मा घरदैलो अभियान तीव्र

theoutsidenepal.com

सुनसरी जिल्ला, क्षेत्र नं. ४ । नेकपा (एमाले) का उम्मेदवार जगदीश कुशियैत नेतृत्वमा सुनसरी क्षेत्र नं. ४ मा घरदैलो कार्यक्रम तीव्र रूपमा अगाडि बढिरहेको छ।


घरदैलो अभियान अन्तर्गत उम्मेदवार कुशियैत विभिन्न वडा तथा बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। स्थानीयवासीले स्वागत गर्दै आफ्ना दैनिक समस्या, पूर्वाधार अभाव, कृषि चुनौती तथा रोजगारीका विषयमा सुझाव राखिरहेका छन्।


अभियानमा किसान, युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता देखिएको एमाले स्रोतले जनाएको छ। जनतासँगको संवादका क्रममा कुशियैतले विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा तथा सडक–सिँचाइ लगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


एमाले कार्यकर्ताहरूका अनुसार अभियान दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ र गाउँ–बस्तीमा उत्साहजनक वातावरण सिर्जना भएको दाबी गरिएको छ। आगामी निर्वाचनमा सकारात्मक परिणाम आउनेमा उनीहरूले विश्वास व्यक्त गरेका छन्।


सुनसरी–४ मा जारी घरदैलो कार्यक्रमले चुनावी माहोललाई थप तताएको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ।


प्रतिक्रिया