जेष्ठ १५ को बजेटअघि सुनसरी–४ का समस्या समेट्न सांसद साहलाई युवा नेता अन्सारीको ध्यानाकर्षण

theoutsidenepal.com

जेष्ठ १५ को बजेटअघि सुनसरी–४ का समस्या समेट्न सांसद साहलाई युवा नेता अन्सारीको ध्यानाकर्षण

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि जेष्ठ १५ गते ल्याउन लागेको नीति तथा कार्यक्रम तथा बजेटको सन्दर्भमा सुनसरी क्षेत्र नम्बर–४ का समस्याहरू बजेटमा समावेश गर्न पहल गर्नुपर्ने भन्दै नेकपा एमालेका युवा नेता डा. अबुल हुसेन अन्सारी ले सुनसरी–४ का सांसद ई. दिपक कुमार साह को ध्यानाकर्षण गराएका छन्।

अन्सारीले आगामी बजेट देशभरका आवश्यक क्षेत्रलाई समेट्ने गरी ल्याइनुपर्ने उल्लेख गर्दै सुनसरी क्षेत्र नम्बर–४ का दीर्घकालीन तथा जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्याहरूलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।

उनले विशेषगरी सुनसरी खोलाको बाँध निर्माण तथा संरक्षण, भन्सार व्यवस्थापन, किसानहरूका समस्या समाधान, नगदे बालीका लागि उचित बजार तथा व्यवस्थापन, साथै क्षेत्रभित्र रहेका विद्यालय, स्कुल तथा कलेजहरूको शैक्षिक व्यवस्थापनलाई आगामी बजेटमा समेट्न माग गरेका छन्।

युवा नेता अन्सारीले सांसद साहमार्फत क्षेत्रका विकास निर्माण, कृषि, शिक्षा तथा पूर्वाधारसँग सम्बन्धित योजनाहरूलाई बजेटमा समावेश गराई जनताको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया