डा. हेमराज शर्माको बहराइन भ्रमण सफल, एनआरएनए अध्यक्ष पदका लागि अभियान अघि बढ्दै

theoutsidenepal.com

बहराइनमा रहनुभएका एनआरएन साथीहरूबाट न्यानो आतिथ्य पाएकोमा डा. हेमराज शर्मा, एनआरएनए आईसीसी अध्यक्ष पदका उम्मेदवार, हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँका अनुसार दुई दिनको भ्रमण अत्यन्तै सफल रह्यो र यसले साथीहरूलाई उहाँ अध्यक्ष पदका लागि योग्य उम्मेदवार हुनुहुन्छ भन्ने विश्वस्त बनाएको छ।


यस क्रममा डा. शर्मा नेपालका महामहिम राजदूत तीर्थराज वाग्लेसँग भेटघाट गर्न सफल हुनुभयो र नेपाली डायस्पोराको हितका साझा चासोका विषयहरूमा विचार आदानप्रदान गर्ने अवसर पाउनुभयो। महामहिमज्यूलाई समय प्रदान गर्नुभएकोमा उहाँले विशेष कृतज्ञता व्यक्त गर्नुभयो।


डा. शर्मा आगामी कार्यक्रम अन्तर्गत साउदी अरेबियाको दमाममा रहेका साथीहरूसँग भेटघाट गर्ने अपेक्षा राख्नु भएको छ।


प्रतिक्रिया