गोर्खाली समाज न्यूयोर्कद्वारा आयोजना लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रममा भेटौंला
न्यूयोर्क, अमेरिका – गोर्खाली समाज न्यूयोर्कले आयोजना गरेको लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रममा नेपाली समुदायको साँस्कृतिक पहिचान उजागर हुने छ। कार्यक्रममा सहभागी हुने प्रमुख व्यक्तिहरूमध्ये एनआरएनए एनसीसी अमेरिका का अध्यक्ष सतेन्द्र शाह पनि रहनेछन्।
सतेन्द्र शाहले नेपाली कला, संस्कृति र लोकदोहोरीलाई प्रवासी जीवनमा जगेर्ना गर्ने महत्त्वबारे सन्देश दिने बताइएको छ। कार्यक्रमले नेपाली समुदायबीच एकताको सन्देश फैलाउने र सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
07 February 2026