जापानको योकोहामामा विश्व सितोरियो कराते महासंघको उपाध्यक्षमा दावा गुरुङ निर्वाचित

theoutsidenepal.com

जापानको योकोहामामा विश्व सितोरियो कराते महासंघको उपाध्यक्षमा दावा गुरुङ निर्वाचित

द टन न्युज । काठमाडौं ।

जापानको योकोहामामा हालै सम्पन्न विश्व सम्मेलनबाट विश्व सितोरियो कराते महासंघको विश्व समितिको उपाध्यक्ष पदमा नेपाली खेलकर्मी दावा गुरुङ निर्वाचित भएका छन्।


गुरुङको यो अन्तर्राष्ट्रिय नेतृत्वदायी पदमा भएको निर्वाचनलाई नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पदक दिलाउँदै आएको कराते खेलको विश्व नेतृत्वमा नेपालीको प्रतिनिधित्व हुनुले नेपालको खेलकुद क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान र सम्मान थप उचाइमा पुगेको बताइएको छ।


गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले उनको सफलता नेपाली खेलकुदका लागि गौरवको विषय भएको बताएका छन्।


शेरचनले गुरुङको आगामी नेतृत्वले नेपाली खेलकुदलाई अझ अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


शेरचनका अनुसार दावा गुरुङसँग आफ्नो पुरानो मित्रता समेत रहेको छ। गणिडांकी बोर्डिङमा अध्ययन गर्दादेखिका साथी गुरुङ विश्व सितोरियो कराते महासंघको विश्व समितिको उपाध्यक्षमा निर्वाचित भएकोमा आफूलाई विशेष खुसी र गर्व लागेको उनले बताएका छन्।


गुरुङको निर्वाचनसँगै नेपाली खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय नेतृत्वमा नेपालीहरूको उपस्थिति थप सशक्त बनेको छ। उनको कार्यकालमा नेपाली कराते खेलको विकास, अन्तर्राष्ट्रिय सहकार्य र खेलाडीहरूको अवसर विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया