‘ईद अल फित्र’को अवसरमा अब्दुल बासिदको शुभकामना: शान्ति, खुशी र समृद्धिको कामना
काठमाडौँ — मुस्लिम समुदायको महान् पर्व Eid al-Fitr (ईद अल फित्र) को अवसरमा गैरआवासीय नेपाली संघ (NRNA) का सह–कोषाध्यक्ष अब्दुल बासिद ले शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले “Eid Mubarak” सन्देशमार्फत आफ्ना परिवार, साथीभाइ तथा मध्यपूर्व र युरोपमा बसोबास गर्ने सहकर्मीहरूलाई विशेष शुभकामना दिँदै यो पर्वले सबैको जीवनमा शान्ति, खुशी र समृद्धि ल्याओस् भन्ने कामना गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको शुभकामना सन्देशमा उहाँले ईद जस्तो पवित्र पर्वले आपसी सद्भाव, एकता र भाइचारालाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
ईद अल फित्र इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाभरि उपवास (रोजा) पूरा गरेपछि मनाउने महत्वपूर्ण पर्व हो। यस दिन मुस्लिम समुदायले नमाज अदा गर्दै एक–अर्कामा खुशी साटासाट गर्ने परम्परा रहेको छ।