काठमाडौँ–२ मा स्थिर राजनीति र सुशासनको पहरेदार – मणिराम फुयाल

theoutsidenepal.com

काठमाडौँ–२ का मतदाताबीच एमालेका युवा नेता Maniram Phuyal को लोकप्रियता बढ्दो छ। सामाजिक सञ्जालमा उनले जनताको विश्वास र स्थिर राजनीतिक नेतृत्वको सन्देश साझा गर्दै मतदातालाई “जनताको सम्मान सूर्यमा मतदान” गर्ने आह्वान गरेका छन्।


उनले भनेका छन्, “जनजनमा, मनमनमा एमाले समृद्ध काठमाडौँ–२ को आधार हो। स्थिर राजनीति र सुशासनको पहरेदार भएर म सबैको हितमा काम गर्दै आउँदै छु।”


मणिराम फुयालको यो सन्देशले मतदातामा विश्वास, सहभागिता र लोकतान्त्रिक चेतना जगाउने प्रयास भएको विश्लेषकहरूले बताएका छन्। उनले काठमाडौँ–२ मा विकास, सुशासन र जनहितलाई प्राथमिकता दिने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।


प्रतिक्रिया