दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता Vijay औपचारिक रूपमा Tamil Nadu का मुख्यमन्त्री नियुक्त भएका छन्। उनले नेतृत्व गरेको Tamilaga Vettri Kazhagam (टिभिके) ले बहुमत जुटाएपछि राज्यपाल Rajendra Arlekar ले विजयलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
उनको शपथ ग्रहण समारोह आज बिहान १० बजे Jawaharlal Nehru Stadium मा आयोजना हुने तय भएको छ। कार्यक्रममा भारतीय कांग्रेसका सांसद Rahul Gandhi समेत सहभागी हुने जनाइएको छ।
रंगमञ्च र चलचित्रबाट राजनीति प्रवेश गरेका विजयको पार्टी टिभिकेले स्थापना भएको दुई वर्षमै ऐतिहासिक सफलता हासिल गरेको हो। Tamil Nadu विधानसभा निर्वाचनमा कुल २३४ सिटमध्ये टिभिकेले एक्लै १०८ सिट जितेको थियो। सहयोगी दलहरूको समर्थनपछि विजय पक्षमा १२१ विधायक पुगेका छन्, जबकि सरकार गठनका लागि ११८ सिट आवश्यक पर्ने व्यवस्था छ।
राजनीतिमा विजयको उदयलाई तमिलनाडुमा नयाँ पुस्ताको नेतृत्वको रूपमा हेरिएको छ। समर्थकहरूले यसलाई दक्षिण भारतीय राजनीतिमा नयाँ अध्यायको सुरुवातका रूपमा लिएका छन्।