एनआरएनएमा नयाँ युगको सुरुवात : अध्यक्ष डा. हेमराज शर्मा र वरिष्ठ उपाध्यक्ष रोविन शेरचनको दमदार नेतृत्व

theoutsidenepal.com

द टन न्युज ,काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले नयाँ इतिहास रचेको छ। सहमति, एकता र संस्थागत परिपक्वताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै डा. हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको छ भने ऊर्जाशील युवा व्यवसायी रोविन शेरचन वरिष्ठ उपाध्यक्षमा चयन भई नेतृत्व टिम अझ बलियो बनेको छ।


विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संगठन एनआरएनएले यसपटक देखाएको एकता र सहकार्यले संस्थाको भविष्यप्रति थप आशा जगाएको छ। विशेष गरी अध्यक्ष शर्मा र वरिष्ठ उपाध्यक्ष शेरचनबीचको सहकार्यलाई संस्थाको रूपान्तरणको प्रमुख आधारका रूपमा हेरिएको छ।


नयाँ नेतृत्वले “एकता, लगानी र गौरव” को मूल मन्त्रसहित विश्वभर रहेका नेपालीलाई एउटै सूत्रमा बाँध्दै आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ। अध्यक्ष डा. शर्मा अनुभवी, समन्वयकारी र दूरदर्शी नेतृत्वका रूपमा परिचित हुनुहुन्छ भने रोविन शेरचन युवा ऊर्जा, व्यावसायिक दक्षता र अन्तर्राष्ट्रिय नेटवर्कका कारण संस्थामा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।


यस महाधिवेशनबाट चयन भएको उपाध्यक्षदेखि क्षेत्रीय संयोजकसम्मको सम्पूर्ण टिम विविध अनुभव, क्षमता र प्रतिबद्धताले भरिएको देखिन्छ। महिला, युवा र विभिन्न भूगोलबाट प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी नेतृत्व निर्माण गरिएको छ, जसले एनआरएनएलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।

लाख 

अबको कार्यकालमा वैदेशिक लगानी प्रवर्द्धन, प्रवासी नेपालीका हकहितको संरक्षण, सीप र प्रविधिको नेपालमा हस्तान्तरण तथा आपसी सहकार्यलाई अझ मजबुत बनाउने लक्ष्य अगाडि सारिएको छ।


नयाँ नेतृत्वप्रति विश्वभरका नेपालीले ठूलो अपेक्षा राखेका छन्। विशेषगरी अध्यक्ष डा. हेमराज शर्मा र वरिष्ठ उपाध्यक्ष रोविन शेरचनको सहकार्यले एनआरएनएलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।


निर्वाचित सम्पूर्ण टिमलाई सफल कार्यकालको हार्दिक शुभकामना।


प्रतिक्रिया