युरोपेली संघका राजदूतहरूसँग प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त भेटवार्ता

theoutsidenepal.com

युरोपेली संघका राजदूतहरूसँग प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त भेटवार्ता


काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह ले आज काठमाडौँ तथा नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त भेटवार्ता गर्नुभएको छ।


भेटवार्ताका क्रममा नेपाल र युरोपेली संघ सदस्य राष्ट्रहरूबीचको आपसी सम्बन्ध, विकास सहकार्य, आर्थिक साझेदारी, जलवायु परिवर्तन, सुशासन, शिक्षा, पर्यटन तथा लगानी प्रवर्द्धनलगायत विविध विषयमा छलफल भएको बताइएको छ।


प्रधानमन्त्री शाहले नेपाल लोकतान्त्रिक मूल्य, दिगो विकास तथा अन्तर्राष्ट्रिय सहकार्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै विकास साझेदार राष्ट्रहरूसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो।


राजदूत तथा मिसन प्रमुखहरूले नेपालसँगको मित्रवत सम्बन्धलाई थप सुदृढ बनाउन आफूहरू सकारात्मक रहेको जनाउँदै आर्थिक, प्राविधिक तथा विकास सहकार्यका क्षेत्रमा निरन्तर सहयोग रहने धारणा राखेका थिए।


उक्त भेटवार्तालाई नेपाल र युरोपेली संघबीचको कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


प्रतिक्रिया