सशक्त नेतृत्वको निरन्तरता: एनआरएनए खुला उपाध्यक्षमा रोजिना प्रधान राईको दमदार उम्मेदवारी

theoutsidenepal.com

गैरआवासीय नेपाली संघ Non-Resident Nepali Association (एनआरएनए) को खुला उपाध्यक्ष पदका लागि रोजिना प्रधान राई ले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी छन्। यसअघि संस्थामा महिला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै सफल कार्यकाल पूरा गरिसकेकी राई पुनः नेतृत्वको निरन्तरता र सशक्त एनआरएनए निर्माणको लक्ष्यसहित चुनावी मैदानमा उत्रिएकी हुन्।


महिला उपाध्यक्षका रूपमा आफ्नो कार्यकाल इमान्दारी, सक्रियता र समर्पणका साथ सम्पन्न गरेको बताउँदै राईले संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने दृढ संकल्पका साथ खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएकी छन्। प्रवासमा रहेका नेपाली समुदायबीच उनको सक्रियता, मिलनसार नेतृत्व र समन्वयकारी भूमिकाले उनलाई एनआरएनएभित्र एक प्रभावशाली नेतृका रूपमा स्थापित गरेको छ।


उम्मेदवारी घोषणा गर्दै राईले महिला उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्ने क्रममा महिला सहभागिता बढाउने, विभिन्न देशमा रहेका गैरआवासीय नेपाली महिलाहरूलाई एकताबद्ध गर्ने र संगठनभित्र सहकार्यको वातावरण सिर्जना गर्ने अभियानमा आफू निरन्तर सक्रिय रहेको उल्लेख गरिन्। उनले आफ्नो कार्यकालमा महिला नेतृत्वलाई सहमतिका आधारमा निर्विरोध गराउन सफल भएको स्मरण गर्दै त्यसलाई सामूहिक एकता, विश्वास र सहकार्यको उत्कृष्ट उदाहरण भएको बताइन्।


राईका अनुसार एनआरएनए विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संस्था भएकाले यसलाई अझ सशक्त, प्रभावकारी र सबैलाई समेट्ने संगठन बनाउनु आजको आवश्यकता हो। यही उद्देश्यका साथ उनले खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको स्पष्ट पारिन्।


उनले विदेशमा रहेका नेपालीहरूको हक–हित संरक्षण, पहिचानको सम्मान, प्रवासी नेपालीको लगानी प्रवर्द्धन तथा नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउने एजेन्डालाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।


राईको नेतृत्व शैलीलाई धेरैले समन्वय, सहकार्य र सकारात्मक सोचको उदाहरण का रूपमा लिने गरेका छन्। यही कारणले एनआरएनएभित्र र प्रवासी नेपाली समुदायमा उनको लोकप्रियता उल्लेखनीय रूपमा बढ्दै गएको बताइन्छ।


आगामी निर्वाचनमा आफूलाई उपाध्यक्ष पदमा निर्वाचित गराउन सहयोग र समर्थन गर्न उनले विश्वभर रहेका गैरआवासीय नेपाली समुदायसँग आग्रह गरेकी छन्।


उनले विश्वास व्यक्त गर्दै भनिन्—

“आगामी निर्वाचनमा पनि मलाई उपाध्यक्ष पदमा निर्वाचित गराउनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ यहाँहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गरेकी छु।”


उनको उम्मेदवारीसँगै एनआरएनएको आगामी निर्वाचन झन् उत्साहजनक र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ। धेरैले रोजिना प्रधान राईको नेतृत्वलाई एनआरएनएलाई अझ समावेशी, गतिशील र विश्वभरका नेपालीको भरोसायोग्य संस्थाका रूपमा अगाडि बढाउने बलियो सम्भावना का रूपमा हेर्न थालेका छन्। 


प्रतिक्रिया