नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को कार्यकारिणी सदस्य पदमा कृष्णलाल महर्जन निर्वाचित हुनुभएको छ। उद्योग, वाणिज्य तथा व्यवसायिक क्षेत्रमा सक्रिय योगदान दिँदै आउनुभएका महर्जनले निर्वाचनमा उल्लेखनीय समर्थन प्राप्त गर्दै उक्त पदमा विजयी हासिल गर्नुभएको हो।
महर्जनको निर्वाचनसँगै निजी क्षेत्रभित्र उत्साह र सकारात्मक अपेक्षा बढेको छ। उहाँको अनुभव, नेतृत्व क्षमता र व्यावसायिक दूरदृष्टिले महासंघलाई अझ सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै उद्योगी–व्यवसायी, संघ–संस्था तथा शुभेच्छुकहरूले उहाँलाई बधाई दिँदै सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गरिरहेका छन्।
उहाँको नेतृत्वमा निजी क्षेत्रका समस्या समाधान, नीति सुधार तथा आर्थिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।