कोटेश्वरमा सवारी दुर्घटना, ५ जना घाइते

theoutsidenepal.com

कोटेश्वरमा सवारी दुर्घटना, ५ जना घाइते

काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट नजिक सोमबार कारले चार वटा मोटरसाइकललाई ठक्कर दिँदा ५ जना घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बि एण्ड बि अस्पताल (B&B Hospital) पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा केही समय यातायात प्रभावित भएको थियो। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया