बहुमतको सरकारप्रति डा. चन्द्र भण्डारीको कडा सन्देश

theoutsidenepal.com

बहुमतको सरकारप्रति डा. चन्द्र भण्डारीको कडा सन्देश


काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले बहुमतको सरकार गठन भइरहेका बेला सशक्त धारणा सार्वजनिक गरेका छन्।


सामाजिक सञ्जालमार्फत उनले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै जनताले नयाँ राजनीतिक यथार्थ स्वीकार गरिसकेको उल्लेख गरेका छन्। “बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ—जनताले पताइसकेका छन्,” उनले लेखेका छन्।


उनले विगतमा सरकारी नियुक्ति पाएकाहरूलाई लक्षित गर्दै पदमा बसिरहनु उचित नहुने संकेत गरेका छन्। “सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि,” भन्दै उनले स्वाभिमानका साथ पद त्याग्न आग्रह गरेका छन्।


त्यस्तै, उनले ‘हटायो’ भन्ने अवस्था आउन नदिन पनि सचेत गराउँदै नयाँ नजिर स्थापित गर्ने अवसर रहेको बताएका छन्।


भण्डारीले स्वाभिमानलाई पद, सुविधा वा सत्तासँग जोडेर हेर्न नहुने स्पष्ट पार्दै, “दौरा–सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बडाएको ‘कर्तुत’ होइन,” भन्ने धारणा राखेका छन्।


प्रतिक्रिया