डा. हेमराज शर्मासँगै राजेन्द्र पुडासैनी चीन प्रस्थान, ग्वाङ्झाउमा एनआरएनए एसिया–प्यासिफिक सम्मेलन

theoutsidenepal.com

डा. हेमराज शर्मासँगै राजेन्द्र पुडासैनी चीन प्रस्थान, ग्वाङ्झाउमा एनआरएनए एसिया–प्यासिफिक सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा. हेमराज शर्मा र एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी एनआरएनए एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागी हुन चीनको ग्वाङ्झाउ प्रस्थान गरेका छन्।

सम्मेलनमा सहभागी हुन चीनतर्फ प्रस्थान गर्दै गर्दा डा. शर्मा र अध्यक्ष पुडासैनीले सँगै खिचाएको तस्बिर सार्वजनिक भएको छ। सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न मुलुकबाट एनआरएनए अभियन्ता तथा नेपाली डायस्पोराका प्रतिनिधिहरू ग्वाङ्झाउ पुगिरहेका छन्।

एनआरएनए यूकेका अध्यक्ष पुडासैनीले आफू एनआरएनए यूके तथा बेलायतस्थित नेपाली डायस्पोराको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी हुन चीनतर्फ प्रस्थान गरेको बताएका छन्।

उनले एसिया–प्यासिफिक क्षेत्रमा रहेका नेपाली समुदायसँग भेटघाट, अनुभव आदानप्रदान तथा आपसी सम्बन्ध विस्तारका लागि यो भ्रमण महत्वपूर्ण हुने बताएका छन्।

चीन भ्रमणप्रति उत्साह व्यक्त गर्दै पुडासैनीले “Very excited to visit China! 中国,我们很快见!” अर्थात् “चीन, हामी छिट्टै भेट्नेछौँ!” भन्ने सन्देशसमेत दिएका छन्।

एनआरएनए एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनले क्षेत्रका नेपाली समुदायलाई एनआरएनए अभियानसँग थप जोड्ने, नेपाली डायस्पोराका साझा सरोकारबारे छलफल गर्ने तथा नेपालमा ज्ञान, सीप, लगानी र अनुभव भित्र्याउने विषयमा सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

डा. हेमराज शर्मा र राजेन्द्र पुडासैनीको चीन भ्रमणलाई एनआरएनएको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समन्वयलाई थप प्रभावकारी बनाउने दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ।


प्रतिक्रिया