मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं— सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
सरकारका समसामयिक विषयहरू, प्रशासनिक निर्णय तथा नीतिगत एजेन्डामाथि छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ। बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूका साथै मुलुकको वर्तमान राजनीतिक, आर्थिक तथा विकाससम्बन्धी विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
बैठकका निर्णयहरू औपचारिक रूपमा सार्वजनिक गरिने जनाइएको छ।
04 May 2026