भोटेकोसी बाढीपीडितका लागि यूएईस्थित विश्वकर्मा समाज नेपालको रु ७ लाख १५ हजार सहयोग

theoutsidenepal.com

भोटेकोसी बाढीपीडितका लागि यूएईस्थित विश्वकर्मा समाज नेपालको रु ७ लाख १५ हजार सहयोग

द टन न्युज ।

भोटेकोसी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि यूएईस्थित विश्वकर्मा समाज नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७ लाख १५ हजार ८४५ सहयोग जम्मा गरेको छ।

समाजका अध्यक्ष दुर्गा सुनारको समन्वयमा संकलित उक्त रकम दुई पटक गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको हो। समाजले पहिलो पटक रु २ लाख २५ हजार र दोस्रो पटक रु ४ लाख ९० हजार ८४५ गरी कुल रु ७ लाख १५ हजार ८४५ सहयोग गरेको जनाएको छ।

भोटेकोसी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित परिवारहरू विस्थापित भएका अवस्थामा राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराइएको समाजले जनाएको छ।

प्राकृतिक विपत्तिको समयमा प्रवासमा रहेर पनि पीडित नेपालीको दुःखमा साथ दिँदै सहयोग गर्ने यूएईस्थित विश्वकर्मा समाज नेपाल तथा अध्यक्ष दुर्गा सुनारप्रति धन्यवाद व्यक्त गरिएको छ।

#BhotekoshiFlood #FloodVictims #VishwakarmaSamajNepal #UAE #ReliefSupport #PrimeMinisterReliefFund #Nepal


प्रतिक्रिया