एनआरएनए आईसीसी उपमहासचिवमा स्वतन्त्र प्रताप शाहको दाबी

theoutsidenepal.com

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को उपमहासचिव पदका लागि सुदूपश्चिमाञ्चल रोयल्स का प्रमुख तथा सामाजिक अभियन्ता स्वतन्त्र प्रताप शाह चुनावी मैदानमा उत्रिएका छन्। प्रवासमा रहेका नेपाली समुदायबीच लामो समयदेखि सक्रिय रहँदै आएका शाहले आगामी कार्यकालका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेपछि प्रवासी नेपाली समाजमा यसको चर्चा बढेको छ।

शाहले आफ्नो उम्मेदवारीमार्फत प्रवासी नेपालीहरूको हक–हितको संरक्षण, नेपालमा लगानीको वातावरण प्रवर्द्धन, मातृभूमिसँग प्रवासी नेपालीको सम्बन्ध अझ सुदृढ बनाउने र एनआरएनएलाई सबै नेपालीको साझा तथा प्रभावकारी संस्था बनाउने लक्ष्य अघि सारेका छन्। उनले एनआरएनएभित्र पारदर्शिता, जवाफदेहिता र सक्रिय सहभागिता बढाउन आफूले विशेष पहल गर्ने बताएका छन्।

सुदूपश्चिमाञ्चल रोयल्स का  का प्रमुखका रूपमा उनले प्रवासमा रहेका नेपालीहरूलाई खेलकुद तथा सामाजिक अभियानमार्फत जोड्ने काम गरेका छन्। सामाजिक सेवा, सहयोग अभियान र नेपाली समुदायलाई एकताबद्ध बनाउने कार्यमा उनले महत्वपूर्ण भूमिका खेलेको समर्थकहरूको भनाइ छ।

शाहले विशेष गरी युवा पुस्तालाई एनआरएनए अभियानमा जोड्ने, प्रवासी नेपालीहरूको समस्या समाधानका लागि संस्थागत पहल गर्ने तथा नेपाल र प्रवासबीच आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

एनआरएनए आईसीसीको आगामी निर्वाचन नजिकिँदै गर्दा विभिन्न पदका लागि उम्मेदवारी घोषणा हुने क्रम बढिरहेको छ। यसैबीच स्वतन्त्र प्रताप शाहको उम्मेदवारीले प्रवासी नेपाली समुदायमा नयाँ उत्साह र बहस सिर्जना गरेको छ। धेरैले उनको अनुभव र सक्रियतालाई आगामी नेतृत्वका लागि सकारात्मक रूपमा हेरेका छन्।

प्रतिक्रिया