धादिङ–२ मा नमराज गौलीको घरदैलो र स्थानीय भेटघाट कार्यक्रम

theoutsidenepal.com

धादिङ — नमराज गौलीले धादिङ क्षेत्र नम्बर २ अन्तर्गत त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ७, सुकौरामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।


कार्यक्रममा गौलीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी जनसंवाद सञ्चालन गरे। साथै अगुवा भेटघाट र सानो कोटसभा आयोजना गरी सम्पूर्ण बासिन्दालाई सम्बोधन गर्दै निर्वाचन सम्बन्धी विचारसरणी र विकास योजना प्रस्तुत गरेका थिए।


उहाँले स्थानीय विकास, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पारदर्शिता र समावेशीतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग प्रत्यक्ष संवादमा जोड दिएका छन्। घरदैलो तथा कोटसभा कार्यक्रमले मतदातासँगको विश्वास र पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरूले बताएका छन्।


प्रतिक्रिया