कैलाली–४ मा गोरख बहादुर बिष्ट (आनन्द) को प्रतिबद्धता: राष्ट्रियता, लोकतन्त्र र समाजवादको मार्गमा दृढ अडान

theoutsidenepal.com

कैलाली जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) ले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादका सिद्धान्तमा अडिग रहने प्रतिबद्धता जनाउनुभएको छ।


गोरख बहादुर बिष्ट ले आफ्नो संकल्प केवल चुनावी वाचा नभई समृद्धि, सामाजिक न्याय र दिगो विकासतर्फको स्पष्ट मार्गचित्र भएको बताउनुभयो। उहाँका अनुसार युवाको सपना साकार पार्ने, किसानको आशा सम्बोधन गर्ने, श्रमिकको सम्मान सुनिश्चित गर्ने र प्रत्येक नागरिकको अधिकार सुरक्षित गर्ने अभियान नै आफ्नो मुख्य प्राथमिकता हो।


उहाँ नेपाली कांग्रेस का तर्फबाट उम्मेदवारी दिँदै पारदर्शिता, उत्तरदायित्व र जनसेवालाई केन्द्रमा राखेर अघि बढ्ने अठोट व्यक्त गर्नुभएको छ।


कैलाली–४ मा विकास, रोजगारी सिर्जना र सामाजिक रूपान्तरणको मुद्दा उठाउँदै बिष्टले मतदातासँग विश्वासको मत माग्नुभएको छ।


“विश्वास, पारदर्शिता र उत्तरदायित्वका साथ हामी सबै मिलेर उज्ज्वल भविष्य निर्माण गरौँ,” उहाँको आह्वान छ।


प्रतिक्रिया