सुदन गुरुङमाथि उच्चस्तरीय छानबिनको तयारी, निर्दोष ठहरिए पुनः गृहमन्त्री बन्ने सम्भावना
काठमाडौं।
गृहमन्त्री पदबाट राजीनामा दिएका सुदन गुरुङ माथि लागेका आरोपबारे सरकारले उच्चस्तरीय छानबिन अघि बढाउने तयारी गरेको छ। विश्वसनीय स्रोतका अनुसार छानबिनका लागि विशेष समिति गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह ले तत्काल नयाँ गृहमन्त्री नियुक्त नगरी गृह मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्ने निर्णय लिनुभएको छ। छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म गृह प्रशासनको नेतृत्व प्रधानमन्त्रीकै मातहत रहने बताइएको छ।
सरकारनिकट स्रोतका अनुसार छानबिन निष्पक्ष र तथ्यमा आधारित हुने दाबी गरिएको छ। यदि अनुसन्धानबाट गुरुङ निर्दोष प्रमाणित भएमा पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्काउने प्रधानमन्त्रीको योजना रहेको बुझिएको छ।
यो निर्णयलाई सरकारको पारदर्शिता र जवाफदेहितातर्फको कदमका रूपमा हेरिएको छ। यद्यपि राजनीतिक वृत्तमा यस घटनाक्रमले नयाँ बहस र चासो सिर्जना गरेको छ।