एमाले सचिवालय बैठक जारी, ११ बजे केन्द्रीय कमिटी बैठक बस्दै

theoutsidenepal.com

एमाले सचिवालय बैठक जारी, ११ बजे केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ। सचिवालय बैठक सकिएलगत्तै आजै बिहान ११ बजे ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ।

एमालेका युवा नेता डा. अबुल हुसेन अन्सारीले सामाजिक सञ्जालमार्फत सचिवालय बैठक सुरु भएको र केन्द्रीय कमिटी बैठक आजै ११ बजे भनीमण्डलमा बस्ने जानकारी सार्वजनिक गरेका छन्।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार सचिवालय बैठकले आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ। निर्वाचन समीक्षा कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनलगायत विषयमा सचिवालयमा छलफल भइरहेको छ। 

आजको केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा, पार्टी संगठनसँग सम्बन्धित विषय तथा आगामी सांगठनिक कार्यदिशालगायत विषयमा छलफल हुने बताइएको छ। साथै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषय पनि केन्द्रीय कमिटीमा प्रस्तावका रूपमा प्रस्तुत हुने सार्वजनिक विवरणमा उल्लेख छ।

फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्ने अवसर उपलब्ध गराउने तयारी एमालेले गरेको जनाइएको छ।

द टन न्युज | राजनीतिक विशेष रिपोर्ट

#CPNUML #UML #AbulHussainAnsari #CentralCommittee #NepalPolitics #TheTonNews


प्रतिक्रिया