नवनियुक्त महान्यायाधिवक्ता डा. नारायण दत्त कंडेलसँग भेटघाट, एनआरएनका मुद्दामा सकारात्मक प्रतिबद्धता

theoutsidenepal.com

नवनियुक्त महान्यायाधिवक्ता डा. नारायण दत्त कंडेलसँग भेटघाट, एनआरएनका मुद्दामा सकारात्मक प्रतिबद्धता


काठमाडौं — नेपाल सरकारका नवनियुक्त महान्यायाधिवक्ता डा. नारायण दत्त कंडेललाई आज उहाँकै कार्यालयमा भेटेर बधाई तथा शुभकामना व्यक्त गरिएको छ।


एनआरएनए आईसीसीका पूर्व अध्यक्ष तथा व्यवसायी कुल आचार्यले मित्र बुद्धि सुवेदीसहित महान्यायाधिवक्ता कंडेलसँग भेटवार्ता गर्नुभएको हो। उक्त भेटमा गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी ऐनमा प्रस्तावित संशोधन, संविधानको मर्म र भावना अनुरूप एनआरएन नागरिकताको शीघ्र कार्यान्वयन, तथा एनआरएनहरूले भोगिरहेका विविध व्यावहारिक समस्याहरूका विषयमा विस्तृत छलफल भएको थियो।


भेटका क्रममा एनआरएनका मुद्दाहरूबारे जानकार महान्यायाधिवक्ता कंडेलले सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय गरी समस्याहरूलाई सकेसम्म छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ।


आचार्यले महान्यायाधिवक्ता कंडेलको सफल कार्यकालको कामना गर्दै एनआरएनका अधिकार र हितका विषयमा सकारात्मक पहल हुने विश्वास व्यक्त गर्नुभयो।


प्रतिक्रिया