‘दोस लगाउने होइन, मन बुझाउने समय’ — नायिका स्वेता खड्काको भावुक सन्देश

theoutsidenepal.com

काठमाडौं ।नायिका तथा समाजसेवी स्वेता खड्का ले सामाजिक सञ्जालमार्फत समाजमा बढ्दो गलत बुझाइ, हतारो निष्कर्ष र आरोप–प्रत्यारोपप्रति संकेत गर्दै सकारात्मक र सशक्त सन्देश दिएकी छन्।


उनले स्टाटसमा लेखेकी छन्, “यथार्थ नबुझि दोस लगाउने जमनामा, मन दुखाएर होइन मन बुझाएर जिउनु पर्छ।”

उनको यो अभिव्यक्तिलाई धेरैले आजको समाजको यथार्थ झल्काउने सचेत सन्देश का रूपमा लिएका छन्।


स्वेता खड्काको सन्देशले अहिलेको डिजिटल युगमा तथ्य नबुझी आरोप लगाउने प्रवृत्ति बढ्दै गएकोप्रति गम्भीर संकेत गरेको छ। सामाजिक सञ्जालमा फैलिने अपूरो सूचना, गलत बुझाइ र भावनात्मक प्रतिक्रियाले सम्बन्ध, विश्वास र सामाजिक सद्भावमा असर पारिरहेको सन्दर्भमा उनको भनाइलाई मानवीय सम्बन्ध सुदृढ गर्ने मार्गदर्शन का रूपमा हेरिएको छ।


नायिकासँगै समाजसेवीका रूपमा पनि सक्रिय स्वेता खड्काले विगतदेखि नै सकारात्मक सोच, सहानुभूति र सामाजिक सद्भाव को पक्षमा आवाज उठाउँदै आएकी छन्। उनको पछिल्लो सन्देशले समाजमा बढ्दो नकारात्मकता र गलत आरोपको संस्कृतिविरुद्ध समझदारी, धैर्यता र आपसी बुझाइको खाँचो औंल्याएको टिप्पणी गरिएको छ।


उनको भनाइले व्यक्तिगत जीवनदेखि सामाजिक सम्बन्धसम्म,दोसारोपण होइन, संवाद र बुझाइमार्फत अघि बढ्नुपर्ने सन्देश दिएको विश्लेषण भइरहेको छ।


प्रतिक्रिया