मेरिल्याण्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारी र टेक्सास (डलास) का नेपाली समुदायका अगुवाबीच परिचयात्मक भेटघाट
डलास, टेक्सास — मेरिल्याण्ड राज्यका डेलिगेट माननीय डा. ह्यारी भण्डारी र टेक्सासको डलास क्षेत्रमा क्रियाशील नेपाली समुदायका अगुवाहरूबीच परिचयात्मक भेटघाट तथा संक्षिप्त छलफल कार्यक्रम सम्पन्न भएको छ।
भेटघाटका क्रममा डा. भण्डारीले नेपाली आप्रवासी समुदायको योगदान, चुनौती र अवसरका विषयमा चासो व्यक्त गर्दै नेपाली समुदायसँग सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, साना व्यवसाय, आप्रवासी अधिकार तथा सामुदायिक सशक्तीकरणका क्षेत्रमा नेपाली समुदायले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
छलफलमा सहभागी समुदायका अगुवाहरूले टेक्सासमा बसोबास गर्ने नेपालीहरूको अवस्था, सामुदायिक गतिविधि, सांस्कृतिक पहिचान संरक्षण र भावी योजनाका बारेमा आफ्ना धारणा राखेका थिए। साथै, राज्य तथा स्थानीय तहमा नेपाली समुदायको प्रतिनिधित्व र पहुँच विस्तारका विषयमा पनि कुराकानी भएको थियो।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइँदै, यस प्रकारका भेटघाटले नेपाली समुदाय र अमेरिकी राजनीतिक नेतृत्वबीच आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।