पक्कु फेस्टिभलको तयारी तीव्र, टेस्टिङ तथा प्रेस मिट कार्यक्रम आयोजना हुँदै

theoutsidenepal.com

पक्कु फेस्टिभलको तयारी तीव्र, टेस्टिङ तथा प्रेस मिट कार्यक्रम आयोजना हुँदै

काठमाडौं । नेपाली मौलिक खानाको प्रवर्द्धन तथा होटल तथा आतिथ्य क्षेत्रको विकास गर्ने उद्देश्यसहित आयोजना हुन लागेको पक्कु फेस्टिभलको पूर्वतयारी तीव्र पारिएको छ। फेस्टिभलको तयारीस्वरूप पक्कु टेस्टिङ तथा प्रेस मिट कार्यक्रम आयोजना गरिने भएको छ।

होटल व्यवसायी संघका अध्यक्ष टीआर भण्डारी शंकरको पहल तथा नेतृत्वमा आयोजना हुन लागेको यस कार्यक्रमले पक्कुको मौलिक स्वाद, नेपाली खानाको पहिचान र होटल व्यवसायको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


लोकप्रिय होटल व्यवसायीका रूपमा परिचित भण्डारीले होटल तथा आतिथ्य क्षेत्रको विकास, नेपाली मौलिक परिकारको प्रचारप्रसार र व्यवसायीबीच सहकार्य विस्तारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

पक्कु फेस्टिभलको पूर्वतयारीस्वरूप आयोजना हुने टेस्टिङ तथा प्रेस मिट कार्यक्रममा सञ्चारकर्मी, होटल व्यवसायी तथा सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत पक्कुको स्वाद, विशेषता र फेस्टिभलको उद्देश्यबारे जानकारी गराइनेछ।

नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटनसँग जोडेर होटल व्यवसायलाई थप चलायमान बनाउने लक्ष्यसहित अघि बढाइएको पक्कु फेस्टिभलले नेपाली खानाको सांस्कृतिक महत्त्व उजागर गर्ने विश्वास गरिएको छ।

द टन न्युज


प्रतिक्रिया