युवा व्यवसायी प्रिन्स युवराज कार्कीको पहल : स्थानीय व्यवसाय प्रवर्द्धनमा उदाहरणीय नेतृत्व

theoutsidenepal.com

युवा व्यवसायी प्रिन्स युवराज कार्कीको पहल : स्थानीय व्यवसाय प्रवर्द्धनमा उदाहरणीय नेतृत्व

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा सफल युवा व्यवसायीका रूपमा परिचित प्रिन्स युवराज कार्कीले स्थानीय व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनले हालै Restaurant Supply Hub को भव्य उद्घाटनको अवसरमा दिएको शुभकामना सन्देशले व्यवसायिक समुदायमा सकारात्मक चर्चा पाएको छ।

कार्कीले रेस्टुरेन्ट व्यवसायीहरूलाई गुणस्तरीय सेवा र प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने to-go disposable products यही कम्पनीबाट खरिद गर्न आग्रह गर्दै नयाँ व्यवसायलाई प्रोत्साहन गरेका छन्। उनले Restaurant Supply Hub ले बे एरियाका अन्य आपूर्तिकर्ताभन्दा प्रतिस्पर्धी मूल्यमा सामग्री उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।

युवा व्यवसायी कार्कीले आफ्नो सन्देशमार्फत स्थानीय व्यवसायलाई साथ दिनु नै समुदायको आर्थिक समृद्धिको आधार भएको उल्लेख गरेका छन्। उनको यो कदमलाई धेरैले सफल व्यवसायी मात्र नभई समुदायप्रति उत्तरदायी नेतृत्वको उदाहरणका रूपमा लिएका छन्।

उद्घाटन कार्यक्रममा सहभागी भएर टोलीलाई हौसला प्रदान गरेका सन्निभेलका मेयर ल्यारी क्लाइनप्रति पनि कार्कीले विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले मेयरको नेतृत्व, सहयोग र व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रयासको खुलेर प्रशंसा गरेका छन्।

क्यालिफोर्नियामा नेपाली समुदायका सक्रिय युवा व्यवसायीमध्ये एक मानिने प्रिन्स युवराज कार्कीले विभिन्न व्यवसायिक र सामाजिक गतिविधिमार्फत नेपालीहरूको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न योगदान पुर्‍याउँदै आएका छन्। उनको सकारात्मक सोच, व्यवसायिक दृष्टिकोण र समुदायप्रतिको प्रतिबद्धताले धेरै युवालाई प्रेरणा दिइरहेको बताइन्छ।


प्रतिक्रिया