ओमन गौचन ‘हेन्सन’ उप–क्षेत्रीय युवा संयोजकमा चयन, जन्मदिनमा बधाईको ओइरो

theoutsidenepal.com

ओमन गौचन उप–क्षेत्रीय युवा संयोजकमा चयन, जन्मदिनमा बधाईको ओइरो


काठमाडौँ । गैरआवासीय नेपाली संघ NRNA ICC का प्रभावशाली युवा नेता ओमन गौचन हेन्सन (यूके) उप–क्षेत्रीय युवा संयोजकमा चयन हुनुभएको छ। उहाँको चयनसँगै प्रवासी नेपाली समुदायमा खुसी र उत्साह छाएको छ भने विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ।


युवा नेतृत्वमा सक्रिय र प्रभावशाली उपस्थिति बनाउँदै आउनुभएका गौचनले प्रवासी नेपाली युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ।


वरिष्ठ समाजसेवीका रूपमा समेत परिचित उहाँ यूकेमा बसोबास गर्दै सफल व्यवसाय सञ्चालन गरिरहनुभएको एक सशक्त युवा व्यवसायी हुनुहुन्छ। सामाजिक उत्तरदायित्व र समुदायप्रतिको समर्पणका कारण उहाँ प्रवासी नेपालीबीच लोकप्रिय व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ।


यसैबीच, आज उहाँको जन्मदिनको अवसर समेत परेकाले शुभकामनाको थप ओइरो लागेको छ। यस अवसरमा टन मिडिया ग्रुपको तर्फबाट पनि उहाँलाई हार्दिक जन्मदिनको शुभकामना व्यक्त गरिएको छ।


जन्मदिन तथा शुभकामना दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै गौचनले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “Thank you everyone for the lovely birthday wishes. Truly grateful for all your kind words and love.”


उहाँको नियुक्तिले उप–क्षेत्रीय तहमा युवा सञ्जाल अझ मजबुत हुने, नयाँ पुस्ताको सहभागिता बढ्ने तथा एनआरएनएको लक्ष्यअनुसार संस्थालाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया