थाइल्याण्ड यात्राबाट फर्किँदै ओशोप्रति समर्पण व्यक्त गर्दै सोविता सिम्खडाको भावुक स्टाटस
सोविता सिम्खडा ले थाइल्याण्ड यात्रापछि सामाजिक सञ्जालमार्फत अध्यात्म, गुरु प्रेम र ध्यानप्रतिको आफ्नो गहिरो अनुभूति व्यक्त गरेकी छन्।
उनले धेरै मानिसका लागि थाइल्याण्ड “रङ्गिन बजार” जस्तो देखिए पनि आफ्नो लागि भने बुद्धका मन्दिर, अध्यात्म र गुरु प्रेमले भरिएको तपोभूमि भएको उल्लेख गरेकी छन्। सिम्खडाले आफू विगत सात वर्षदेखि त्यहाँ गुरुको “ध्यान–सुगन्ध” र मौनताको अनुभूति बाँड्न पुगिरहेको बताएकी छन्।
स्टाटसमा उनले अहिले शरीर थाइल्याण्ड बाहिर भए पनि मन भने गुरुको शून्यतामा नाचिरहेको अनुभूति व्यक्त गरेकी छन्। आफ्नो हरेक ‘पोज’ भित्र नयाँ कथा भए पनि त्यसको अन्त्य गुरुको ऊर्जा र उपस्थितिमै पुग्ने उनले उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, “बाहिरका यी पोजहरू संसारका लागि, भित्रको यो मौन मेरा गुरुका लागि।”
सिम्खडाले गुरु र अध्यात्मसँग जोडिएको आन्तरिक अनुभूतिले बाहिरी अभिव्यक्तिलाई समेत “दिव्य नृत्य” बनाइदिने उल्लेख गर्दै अन्त्यमा “जय ओशो” लेखेकी छन्।